गण्डकी प्रदेशमा एकै पटक ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा प्रदशेका विभिन्न जिल्लाहरुमा ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pu-vc-aryal/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङको मध्यनेपाल नगरपालिकामा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-5/
यस्तै बागलुको गल्कोट नगरपालिकामा १४ जना र जैमिनीमा २ जना, काठेखोला गाँउपालिकामा १० जना र बाग्लुङ नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता नवलपुरको कावासोती नगरपालिकामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससंगै प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/ps-gurung-suvakamana/




