गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा प्रदशेका विभिन्न जिल्लाहरुमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pokha-nc/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा २ तथा मादि गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङको सुन्दरबजार र बेसिशहरमा ५ जना स्याङजामा २ जना र तनहुँमा ६ तथा पर्वतमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-71/
यस्तै नवलपुरको कावासोती नगरपालिकामा १ र देवचुली गाँउपालिकामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससंगै प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ७७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार