डाक्टर गोविन्द केसिको सर्मथनमा पोखरामा शान्ति पुर्ण प्रदर्शन गरिएको छ । जागौ पोखरा अभियानको नेतृत्वमा शान्ति पुर्ण प्रदर्शन गरिएको संयोजक शिरिष गुरुङले जानकारी दिईन् । प्रदर्शनमा दर्जनौ अभियान्ताहरुको सहभागिता रहेको थियो । डा.गोविन्द केसी ६ बुँदे माग सहित १९ औ पटकको अनसनमा बसिरहेका छन् ।
प्रदर्शनमा सहभागी अभियान्ताहरुले डा.गोविन्द केसीलाई मार्न लागे भन्दै उनको जिवन रक्षाका खातिर जाग्न आह्वान गरेका छन् । थाल, सिठ्ठी र शङ्ख बजाउदै प्रदनर्शमा सहभागी भएका उनिहरुले यस्तो आह्वान गरेका हुन् ।
सरकार भ्रष्टाचार र आर्थिक अनियमितताको दलदलमा फसेको भन्दै शान्तिपुर्ण रुपमा अगाडी सारिएका यस्ता सालिन कार्यक्रमहरु उसको कानमा नपुग्ने उनिहरुको ठम्याई छ । तर, आम नागरिकको स्वास्थ्य र प्रशासनिक सुधारका विषयहरुको उठान गर्दै पटक पटक सत्याग्रहको आन्दोलन अख्तियार गर्दै आएका डा.केसीको मागका सम्बन्धमा सरकार आँखा चिम्लिएको अभियान्ताहरुको आरोप छ ।
अभियान्ताहरुले उनको जिवन माथीको खेलवाड कुनै हालतमा स्विकार्य नहुने भन्दै सच्चिन सरकारको ध्यानाकर्षण गराएका छन् । डा.केसीले उठाएका विषयहरु आम नागरिकको स्वास्थ्यसंग जोडिएको विषय भएकाले आफुहरु उनिको खेमामा होमिन बाध्य भएको अभियान्ताहरुको भनाई छ ।
जुम्लामा असन बसिरहेका डा.काठमाण्डौ फर्किएपछि पनि निरन्तर अनसन बसिरहेका छन् । उनिको सर्मथनमा काठमाण्डौमा पनि दिनहुँ आन्दोलन भैरहेको छ । सरकारले डा.केसीसंग पटक पटक सहमति गरेपछि सहमति कार्यान्वयन भने गरेको छैन् ।




