कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज ८ जनाको मृ-त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कोरोना संक्रमणसंग सम्बन्धित मृ-त्युको संख्या ८ रहेको छ । आज प्रदेश नं. २ को सप्तरीमा ६३ वर्षीय एक पुरुष र बाग्मति प्रदेशमा काठमाण्डौका २० र ७४ वर्षीय पुरुषको कोरोनाका कारण मृ-त्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-19-pokhara/
यस्तै भक्तपुरमा ८८ वर्षीय एक पुरुष, मकवानपुरमा ७४ वर्षीय एक पुरुष र ललितपुरमा ७६ वर्षीय एक पुरुषको मृ-त्यु भएको छ । प्रदेश नं. ५ को रुपन्देहीमा ७२ वर्षीय एक पुरुषको पनि कोरोना कारण मृ-त्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सूदूरपश्चिम प्रदेशको कैलालीमा ३० वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणका कारण मृ-त्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/who-6/
आजसम्म कोरोनाका कारण नेपालमा ४६७ जनाको मृ-त्यु भएको छ । हाल २२४ जनाको आईसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।




