कोरोना भाइरस संक्रमणका कारण नेपालमा आज ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ६ रहेको छ । आज प्रदेश नं.१ मा कोरोना संक्रमणका कारण मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-4/
यस्तै प्रदेश नं. २ को सप्तरीमा ७० वर्षीय एक पुरुष, बाग्मति प्रदेशमा ललितपुरका ५१ वर्षीय एक पुरुष र काठमाण्डौका ७५ वर्षीय एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । प्रदेश नं. ५ को कपिलवस्तुमा ७० वर्षीय एक महिलाको पनि कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/karnali-pradesh/
आजसम्म कोरोनाका कारण नेपालमा ४५९ जनाको मृत्यु भएको छ । हाल २२७ जनाको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।




