आज नेपालमा १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । संक्रमितहरु मध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-death-nepal/
पछिल्लो २४ घण्टामा मात्र १ हजार ४५५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभरका क्वारेन्टिनहरुमा अहिलेपनि ६ हजार ४ सय बढि मानिसहरु बसिरहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-4/
नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार २८९ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार