पोखरा महानगरपालिका वडा नं.१ मा वृहत् स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ । वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत्  स्वास्थ्य शिविर गरिएको हो ।
शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउनुभयो । नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा सयौँ वडावासी नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार