भिमसेनथापा गाउँपालिकाले आ.व २०७९/०८० मा सम्पादित गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेकोछ । भिमसेनथापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जाराको प्रमुख आथित्यता एवं उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट) को विशेष आथित्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य संयोजक भेषराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका विषयगत शाखाका शाखा प्रमुख, एवं उपशाखा प्रमुखहरुबाट एवं संघीय सरकार तथ प्रदेश सरकारबाट सञ्चालित कार्यक्रम हर्ने शाखाका कर्मचारीहरुबाट आ.व २०७९/०८० को श्रावण देखि २०८० आषाढ मसान्त सम्म बार्षिक नीति कार्यक्रम तथा बजेटले निर्दिष्ट गरे अनुरुप प्राप्त अख्तियारी भित्र रही आफ्नो शाखा/उपशाखा/इकाई भएको योजना बजेट कार्यक्रममा सम्वन्धमा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै चालु आ.व ०८०/०८१ मा गरिने भावी योजनाहरुको समेत प्रस्तुत गरी सोही बमोजिम कार्यक्रम सञ्चालन गर्ने गरी रणनीति बनाई कार्यक्रम बनाई सोही बमोजिम कार्यक्रम सञ्चालन गरिने जानकारी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार