भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङमा रहेको सरस्वती माध्यामिक बिद्यालयले डिप्लोमा ईन सिभिल इन्जिनियरिङ शिक्षा संचालनको अनुमति पाएको छ । प्राबिधिक शिक्षा एवम् व्यवसायिक तालिम परिषद्को १९० औं बैठकको निर्णयले उक्त अनुमति दिएको हो । अब बिद्यालयमा ४८ जना बिद्यार्थीहरुले डप्लोमा ईन सिभिल इन्जिनियरिङ पढ्न पाउने भएका छन् । वडा नंं ७ का वडा अध्यक्ष नारायण श्रेष्ठका अनुसार २०७९ असार २७ गते बाट थालिएको पहल एक महिनामै सफलता पाएको बताउनुभयो । बिद्यालयले डप्लोमा ईन सिभिल इन्जिनियरिङमा भर्नाको लागी भर्दौं ९ गते सम्म म्याद रहेकोले समयमै भर्ना हुन समेत उहाँले आग्रह गर्नुभयो । प्रायाप्त ठाउँ, प्रयोगशाला साथै छात्रबासको समेत व्यवस्था भएकाले सरस्वती माबि नै उपयुक्त प्राबिधिक शिक्षाको गन्तय हुने उहाँको धारणा थियो ।




