२ दिन अगाडी सार्वजनिक भएको तीज गीत बिन्दु युट्यूबको ट्रेण्डिङ्मा लगातार अगाडी बढिरहेको छ । टिपिकल शब्द संयोजन गरेर सर्जक शिव अखेलीले नयाँ गीत विन्दु सार्वजनिक गरेका हुन् । गित सार्बजनिक भएको छोटो समयमा नै टिकटक र युटुबमा दर्शक स्रोताको मन जित्न सफल भएको छ। गीतमा एक चेलीको बास्तबिक पीडा देखाईएको छ । गीतमा बिन्दुको भूमीकामा रुबिना अधिकारी रहेकी छन् भने तारानाथ आचार्यले निर्देशन गरेका छन् । गणेश सापकोटाको छायंकन, बिनीता पौडेल र राजकुमार गुरुङको श्रृङ्गार रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन तथा रंगसंयोजन गरेका हुन् । हुर्नुहोस् भिडियो




