तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

 

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

 

निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार