आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।

नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।



