नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सन आयोजनाबाट सरकार भाग्न खोजेको बताएका छन् । संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथीको छलफलमा सहभागी हुदै पुर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, “कालिगण्डकी तिनाउ डाईभर्सन आयोजना राज्यले लामो समयदेखी लगानी गरेको आयोजना हो, त्यसको प्रारम्भीक अध्ययन सकिएको छ, त्यसको डिपिआर अन्तिम चरणमा आईपुगेको छ, म सोध्न चाहन्छु यो सरकारलाई कालिगण्डकी तिनाउ डाईभर्सन आयोजनाबाट सरकार पछि हटेको हो ? यसलाई अघि बढाउने तत्परता र इच्छा शक्ति यो सरकारले गुमाएको हो ?”

साथै उनले यो आयोजनाबाट पछि हट्ने छुट सरकारसंग नभएको बताउदै यो आयोजनालाई बिचैमा छोड्ने गल्ती नगर्न चेतावनी दिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको लक्षण ठिक नभएको उनले टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार