मतादाता बोकेको गाडी दुर्घट्ना हुदाँ स्याङजामा १४ जनाको मृत्यु भएको छ ।
सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ बायखोलामा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

मृतक मध्ये १० जनाको सनाखत भएको छ । घाईतेहरुको उद्धार गरि उपचारका लागि पोखरा ल्याईएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका छन् ।



