पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताएका छन् ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए ।

केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।



