पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ दलीय गठबन्धन निर्वाचनका लागि मात्र नभई सिस्टम जोगाउनका लागि भएको बताएका छन् । गृह वडा पोखरा–३३ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले गणतन्त्र जोगाउनका लागि गठबन्धन आवश्यक परेको बताए । ‘हामीले दुःख मेहनत गरेर ल्याएको गणतन्त्र नै धराप पार्नेगरी तत्कालीन प्रधानमन्त्रीले चालेको कदमको बिद्रोह गरेर ५ दलीय गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमानको सरकार जोगाउनका लागि भएको गठबन्धन निर्वाचनका लागि होइन व्यवस्था जोगाउनका लागि भएको हो यसलाई तपाईहरुले बुझ्नुपर्ने हुन्छ ।’
https://googlepokhara.com/2022/05/07/30120/

मेयरका उम्मेदवार आचार्यको आफ्नै वडा भएकाले पनि त्यहाँको समस्याका बारेमा आफू राम्रोसँग जानकार रहेको उनले बताए । आफ्नै वडा भएपनि आफ्नालाई काखा अरुलाई पाखाको भावना नराखी सवै ठाउँमा समान रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाए । गठबन्धनलाई जिताएमा बीउ पुँजीका लागि १० लाखसम्म छुटयाउने योजना उनले सुनाए । ‘भरतपोखरीको मौलिक समस्या छन् त्यसको समाधान गर्ने छौं, कास्कीका अधिकांश भेगमा पानीको अभाव छ,’ उनले भने, ‘विकास निर्माणका काममा सबैलाई साथमै हिडाउँने छु ।’
https://googlepokhara.com/2022/05/07/30117/
उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले जेष्ठ नागरिकका लागि दीवा सेवा उपलब्ध गराउन भवन निर्माण योजना अघि बढाउने बताइन् । गठबन्धनले जितेमा महिला, बालबालिका, दलित, अपाङ्गसँगै जेष्ठ नागरिकको हितमा कार्यक्रम ल्याउने उनको भनाई थियो । गठबन्धनलाई भोट नहाल्नु भनेको एमालेलाई जिताउनु सरह भएकाले एक ढिक्का भएर गठबन्धनका उम्मेदवारको पक्षमा लाग्न उनले आग्रह गरिन् । ‘टिम फुट्यो भने गाह्रो हुन्छ, गठबन्धनका दलहरु मध्ये एउटाको चुनाव चिह्नमा भोट हाल्ने अनि अर्कोमा नहाल्ने गर्नु भनेको एमालेलाई जिताउनु हो । त्यसमा हामी सजग हुनैपर्छ,’ उनले भनिन् ।



