गठबन्धनका साझा उमेद्वारहरुले बुधबार चार स्थानमा चुनावी सभा तथा घर दैलो कार्यक्रम गर्ने भएका छन् ।

पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्य र उपप्रमुख पदका उमेदवार कोपिला रानाभाट सहितको टोलीले बुधबार पोखरा महानगरपालिकाका ४ वटा वडामा चुनावी सभा तथा घर दैलो कार्यक्रम गर्ने भएको हो ।

उनिहरुका अनुसार बिहान ८ बजे पोखरा महानगरपालिका वडा नं. २३, दिउँसो १२ः३० बजे पोखरा २४, दिउँसो ३ बजे पोखरा १८ र बेलुकी ५ बजे पोखरा महानगरपालिका वडा नं. ५ मा चुनावी सभा तथा घर दैलो कार्यक्रम हुनेछ ।

पोखराको विकास र समृद्धिको खाका सहित गठबन्धनका उमेदवारहरु चुनावी अभियानमा होमिएका छन् । वैशाख ३० को निर्वाचन पछि पोखराको सुव्यवस्थाका लागि आफुहरु सर्मपित हुने उनिहरुको संकल्प छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार