नरायणगढबाट पोखरा आउँदै गरेको बसबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं.२१ का प्रकाश दर्जीलाई लागुऔषध सहित पोखरा ३२ पावरहाउसबाट कास्की प्रहरीले पक्राउ गरेको हो । दर्जीको साथबाट लागूऔषध डाईजापाम ७४ एम्पुल, फेनेरागन ५० एम्पुल र नुर्फिन ४९ एम्पुल गरी १७३ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

दर्जीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार