गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २ जना, नवलपुरका १ जना र म्याग्दीका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअवधिका थप १२ जना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ६० रहेको छ । उनिहरु मध्ये ५९ जना होम आइसोलेसनमा रहेका छन् । हाल सम्म गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार ४६६ जनाको मृत्यु भएको छ ।




