गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी तनहुँमा दुर्घट्ना भएको छ । सोमबार विहान पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोलपम्प नजिकै मन्त्री सवार गाडी मोटरसाईकललाई जोगाउने क्रममा दुर्घटना भएको हो ।
मन्त्री सवार ग १ झ ६०० नम्बरको स्कोरपियो मोटरसाईकल जोगाई नजिकै रहेको बिजुलीको पोलमा ठोक्किन पुग्यो । सामाजिक संजालमा पोष्ट गरिएका भिडियो फुटेजमा मन्त्री सवार गाडिको गति तुलनात्मक हिषावले अस्वाभाविक देखिन्छ । मन्त्री सवार गाडी गोरखाबाट पोखरा पर्कदै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार