शुक्रबार गण्डकीमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३५५ नमुना परिक्षणमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ७ जना, म्याग्दी, लमजुङ, स्याङ्जा र पर्वत लगायतका जिल्लामा बाँकी ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १९५ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार