बुधबार गण्डकीमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २६२ नमुना परिक्षणमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १३ जना, तनहुँः म्याग्दी र बाग्लुङ लगायतका जिल्लामा बाँकी ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या २२६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार