कोरोना भाइरसको संक्रमणका कारण शनिबार नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये २ जनाको मृत्यु भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,९३४ जना पुगेको छ । यसैबिच पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको ५१५२ नमुना परिक्षणमा १५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८,८३९ रहेको छ ।
शनिबार १ लाख बढिलाई कोरोना भाइरस विरुद्धको खोप लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार