बुधबार गण्डकीमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २४२ नमुना परिक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका १२ जना, स्याङ्जा, नवलपुर, तनहुँ र लमजुङ लगायतका जिल्लामा बाँकी ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमण मुक्त भएका छन् ।




