आईतबार गण्डकीमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३६० नमुना परिक्षणमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २२ जना, लमजुङका ८ जना, नवलपुरका १ जना, बाग्लुङका ४ जना, स्याङ्जाका ४ जना, तनहुँका १ जना र म्याग्दीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४७५ रहेको छ । पछिल्लो २४ घण्टामा थप २९४ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार