सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक त्यसअघि बिहान साढे ११ बजे बस्नेछ ।
यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधिसभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ । संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।
प्रधानमन्त्री देउवाको जोड संसदमा एमसीसी टेवल गर्नेमा छ तर, सत्ता साझेदार दलहरुको बिचमा सहमति हुन नसकेपछि त्यो अन्यौलमा पर्दै आएको छ । माओवादी केन्द्र र एकिकृत समाजवादीले त्यसको विरोध गरेपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार