गण्डकीमा हालसम्म १८ वर्ष माथिका ९९ प्रतिशत बढि मानिसहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो समाचार तयार गर्दा सम्म ९९ प्रतिशत मानिसहरुले कोरोना विरुद्ध खोपको पुरा मात्रा लगाएका छन् ।
गण्डकीमा एक मात्रै मात्रा लगाएका मानिसहरुको प्रतिशत १०२ प्रतिशत रहेको छ भने, ४ प्रतिशतलाई बुस्टर डोज खोप लगाईएको छ । कोरोना संक्रमणका बखत अग्रभागमा रहेर सेवामा सर्मपित नागरिकहरुलाई कोरोना विरुद्धको तेस्रो डोज अर्थात बुस्टर डोज प्रदान गरिएको हो ।
यसैबिच १२ देखी १७ वर्षसम्मका ५५ प्रतिशतले पुरामात्रा र ९१ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएकाहरुलाई हाल दोस्रो मात्रा र खोप नै नलगाएकाहरुलाई पनि खोप दिने कार्यक्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार