बुधबार गण्डकीमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४६४ नमुना परिक्षणमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ५६ जना, लमजुङका १० जना, नवलपुरका ४ जना, बाग्लुङका ५ जना, स्याङ्जाका ९ जना, तनहुँका १५ जना, म्याग्दीका ४६ जना र पर्वतका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या २,३८२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३६३ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार