मंगलबार गण्डकीमा थप १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४५२ नमुना परिक्षणमा थप १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ७५ जना, लमजुङका ६ जना, नवलपुरका ५ जना, बाग्लुङका ६ जना, स्याङ्जाका २२ जना, तनहुँका १४ जना, म्याग्दीका १० जना र पर्वतका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या २४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५१६ जना संक्रमण मुक्त भएका छन् ।




