सोमबार गण्डकीमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४७४ नमुना परिक्षणमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका ५१ जना, लमजुङ्का १७ जना, नवलपुरका १३ जना, बाग्लुङका १२ जना, स्याङ्जाका ११ जना, तनहुँका ११ जना, म्याग्दीका १० जना र पर्वतका १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या २८६५ पुगेको छ । उनिहरु मध्ये २८२३ जना होम आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ५१६ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार