गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २०९ नमुना परिक्षणमा थप ४६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २२ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेका छन् । यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ३२४८ पुगेको छ । आईतबार ७१७ जना संक्रमण मुक्त भएका छन् ।
यसैबिच गण्डकीमा आज कोरोना भाइरसको संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । उनि स्याङ्जाको वालिङ् नगरपालिका वडा नं. १२ का ६६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । उनको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।




