पोखरामा महानगरपालिका वडा नं. ५ मालेपाटनमा सवारी दुर्घट्ना हुदाँ स्कुटरमा सवार २ जना घाईते भएका छन् । धारापानीबाट जिरोतर्फ झर्दै गरेको ग२२प२७६२ नं.को स्कुटरलाई पछाडीबाट आईरहेको श्रेष्ठ ढुवानी सेवाको ग१ख ९८६५ नं.को मिनिट्रकले ठक्कर दिएको हो ।
मिनिट्रकको ठक्करबाट स्कुटरको पछाडी बसेकी पोखरा ७ रत्नचोक बस्ने स्याङ्जा वालिङकी १२ वर्षीया समिक्षा लम्साल गम्भिर घाईते भएकी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिव प्रसाद पाठकले जानकारी दिए ।
पाठकका अनुसार स्कुटरचालक २५ वर्षीय कमला काफ्ले भने सामान्य घाईते भएकी छिन् । उनको दाँत भाच्चिएको छ । उनि पनि स्याङ्जा वालिङ् घर भई रन्तचोकमा बस्दै आएकी थिईन । गम्भिर घाइतेभएकी समिक्षाको भने टाउकोमा गम्भिर चोट लागेको छ । उनिहरुको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ ।
ट्रकका चालक थम बहादुर दमाईलाई दुर्घट्ना स्थलको केही ताढाबाट नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र चालक दमाई वडा प्रहरी कार्यालय वैदामको नियन्त्रणमा रहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घट्नाका बखत चालकले सामान्य मानविय संवेदनाको समेत हेक्का नराखेको गुनासो गरेका छन् ।




