कोरोना भाइरसको संक्रमणका कारण मंगलबार ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ९ जनाको मृत्यु भएको हो । यससंगै हालसम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,७५२ पुगेको छ ।
यसअवधिमा नेपालमा थप ५५८३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको १७६७४ नमुना परिक्षणमा ५५८३ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यि मध्ये ३६५७ जनामा पिसिआर र १९२६ जनामा एन्टिजेन मार्फत संक्रमण पुष्टि भएको हो । यससंगै सक्रिय संक्रमितको संख्या ७४६५३ पुगेको छ ।
मंगलबार थप ३,९९,००० मात्रा कोरोना विरुद्धको खोप लगाईएको छ । हालसम्म नेपालमा कुल जनसंख्याको ४७.४ प्रतिशतले खोपको पुर्ण मात्रा लगाएका छन् भने ५५.४ प्रतिशतलाई कम्तीमा एक मात्रा खोप लगाईएको सरकारले जनाएको छ । ४ लाख बढिलाई अतिरिक्त अर्थात बुस्टर डोज खोप लगाईएको छ ।




