शनिबार साँझ बसेको पाँच दलिय उच्चस्तरीय समितिको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
स्थानिय तहको चुनाव सार्ने खेलमा सरकार लागेको भन्दै आलोचना गर्दै आएको विपक्षी दल नेकपा एमालेको टिप्पणीका विपरित आगामी जेठ महिना भित्र स्थानिय तहको निर्वाचनमा जान आफुहरु तयार रहेको सन्देस सत्ताधारी दलहरुले दिएका छन् ।
बलुवाटारमा बसेको बैठकले संविधानसंग बाझिएका निर्वाचन कानुन र ऐनलाई आवस्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय समेत गरेको सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संजाल मार्फत जनाएका छन् ।
साथै देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेको प्रचण्डले बताएका छन् ।




