कास्कीमा स्मार्ट लकडाउन माघ मसान्त थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक आदेश जारी गर्दै स्मार्ट लकडाउन माघ मसान्तसम्म थप गरिएको जनाएको हो ।
कार्यालयद्धारा जारी आदेशमा सिनेमा हल, दोहोरी, क्लव तथा डान्सबार, फुटसल, पटके बजार लगायत मानिसहरुको धेरै भिडभाड हुने व्यवसाय तथा पसलहरु संचालनमा प्रतिबन्ध लगाईएको छ ।
यस्तै जिल्ला स्थित विधिन्न धार्मीक क्रियाकलाप हुने स्थलहरु समेत संचालनमा प्रतिबन्ध लगाईएको छ । विद्यालय, कलेज तथा आमसभा र जुलुसहरु समेत संचालन नगर्न भनिएको छ ।
अन्य क्रियाकलापहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार