पोखरामा जारी २० औँ संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगीताको फाईनल खेल रोमाञ्चक सहित तप तनावपुर्ण बनेको छ । पहिलो हाफमा अग्रता लिएको एपिएफ विरुद्ध कमब्याक गर्दै मनाङले २ गोल गरेपछि एपिएफका लागि खेल तनवपुर्ण बनेका बेला इन्जुरी समयमा रवि थिङले एपिएफका लागि दोस्रो गोल गरेपछि खेल रोमाञ्चक बन्नपुग्यो ।
पहिलो हाफको २० औँ मिनेटमा १ गोल गरि अग्रता लिएको एपिएफलाई दोस्रो हाफको ६७ र ८४ औँ मिनेटमा मनाङले गोल गरेपछि खेलमा मनाङ हावि भएको थियो, तर एपिएफका रविले खेलमा गोल गर्दै एपिएफलाई फेरी खेलमा फर्काए । पोखरा रंगशालालाई होम ग्रराउण्ड बनाएको मनाङ खेलको पहिलो हाफमा भने पछि परेको थियो ।
तनावका बिच मनाङका दयानन्द सिंहले हेडमार्फत गोल गर्दै खेललाई थप रोमाञ्च र पेचिलो बनाईदिए । त्यसपछि मनाङका विदेशी खेलाडी फ्रेन्कलिंकले ८४ औँ मिनेटमा आफ्नो टिमका लागि दोस्रो गोल गरेका हुन् । मनाङ सातौँ पटक उपाधी चुम्ने दाउमा रहेको छ भने, एपिएफ पहिलो पटक उपाधी जित्दै इतिहास रच्ने दाउमा देखिन्छ ।
जितको प्रेसरका बिच खेलाडीहरु तनावमा देखिन्छन् । खेल एक्स्ट्रा टाईममा धकेलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार