बिहिबार गण्डकीमा गरिएको कुल परिक्षणको ६७.९६ प्रतिशत नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा १०५५ नमुना परिक्षण गरिएकामा यसको ६७.९६ अर्थात ७१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार सवैभन्दा धेरै गण्डकी प्रदेशको राजधानी कास्की पोखरामा धेरै जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कास्कीमा २८९ जना, बाग्लुङ्मा ११७ जना, स्याङ्जामा ९९ जना, लमजुङ्मा ५६ जना, पर्वतमा ४५ जना, तनहुँमा ३९ जना, नवलपुरमा ३० जना, म्याग्दीमा ३२ जना, गोरखामा ९ जना र मुस्ताङ्का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ७,३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७८ जना संक्रमण मुक्त भएका छन् । संक्रमितहरु मध्ये ७२८३ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार