सरकार संविधानमा गरिएको व्यवस्था अनुकुल निर्वाचनमा जाने सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने, “संविधान र कानुनमा केही अन्तरद्धन्द्धहरु छन्, संविधान बमोजिम कानुनलाई मिलाएर सरकार अगाडी बढ्ने छ र संविधानमा गरिएको व्यवस्था अनुसार निर्वाचनमा जानेछ ।”
मन्त्री कार्कीले सरकार लोकतन्त्रको मुलर्मम र सविधानको स्प्रीट अनुसार अगाडी बढ्ने बताए । सरकार चुनावबाट भाग्न खोजेको भन्ने भ्रामक हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले संविधानमा गरिएको व्यवस्था अनुसार नै तिनै तहको निर्वाचन गरिने स्ष्पष्ट पारे ।
आफुहरु मु्लुकको आन्तरिक एकतालाई अझ मजबुत बनाएर अगाडी बढ्न चाहेको बताउदै उनले प्रमुख प्रतिवपक्षी दललाई संसदलाई प्रभावकारी बनाउने दायित्व उसको समेत भएको स्मरण गराए र भ्रम नफैलाउन आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार