गण्डकी प्रदेशमा सोमबार कुल परिक्षणको ५८ प्रतिशत बढि नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १६३१ नमुना परिक्षणमा ५८.१९ प्रतिशत अर्थात ९४९ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ५७२५ पुगेको छ । विवरण अनुसार सोमबार कास्कीमा ४५६ जना, तनहुँमा १०० जना, पर्वतमा ७८ जना, स्याङ्जामा ७५ जना, म्याग्दीमा ४९ जना, नवलपुरमा ४७ जना, गोरखामा ३५ जना, बाग्लुङ्मा ९ जना र मुस्ताङ्मा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा १८६ जना संक्रमण मुक्त भएका छन् ।




