प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एमालेको केन्द्रिय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सो कुराको पुष्टि गरे । शनिबार परिक्षण गरिएको नुमनामा ओलीलाई संक्रमण पुष्टि भएको हो ।
ओलीसंगै उनकी पत्नी शाधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ । उनिहरु आफ्नो निजि निवास बालकोटमा एकान्तबासमा बसिरहेका छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका उच्च राजनीतिक व्यक्तिहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरसको महामारी चलिरहेकै अवस्थामा नेकपा एमाले सहित नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा लगायतका दलहरुले ठुलो संख्यामा आफ्ना नेता तथा कार्यकर्ताहरु भेला गरेर पार्टीको महाधिवेसन तथा सभासमारोहहरु संचालन गरेका थिए ।
यसैबिच आइतबार पत्रकार सम्मेलनको तयारी गरेका एमाले अध्यक्ष ओलीले एकान्तबास बाटै वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको कटु आलोचना गरेका छन् । प्रधानमन्त्रीले सम्बोधनमा भने जस्तो व्यहावरमा नभए भन्दै कटु आलोचना गरेका हुन् ।
अदालतको आदेशमा बनेको वर्तमान देउवा सरकार र उक्त सरकारको संचालक भनिएको गठबन्धन संविधानको अपव्याख्या गर्दै स्थानिय तहको निर्वाचन सार्ने खेलमा लागेको एमालेले आरोप लगाएको छ । पार्टीद्धारा जारी विज्ञप्तीमा वर्तमान सरकारमा समाहित दल तथा तिनका नेताहरु विपक्षी दलका नेताहरुको बद्नाम गर्ने कार्यमा लागेको समेत उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार