गण्डकी प्रदेशमा शनिबार गरिएको कुल परिक्षणको ५० प्रतिशत बढि नमुनामा कोरोना भाइरसको संक्रमण पाईएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ८०७ नमुना परिक्षणमा त्यसको ५३.०४ प्रतिशत अर्थात ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको तुलनामा शनिबार आधा भन्दा कम नमुनाहरु परिक्षण गरिएको विवरणमा उल्लेख छ । शुक्रबार १७०२ नमुनाको जाँच गरिएको थियो । शनिबार कास्कीमा सवैभन्दा धेरै १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यस्तै म्याग्दीका ५६ जना, तनहुँमा ६७ र नवलपुरका ३४ जनामा कोरोना भाइरसको संक्तमण देखिएको छ ।
शनिबार गोरखाका २२ जना, म्याग्दीका १९ जना, पर्वतका १७ जना, लमजुङका ८ जना र बाग्लुङका ४ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार कोरोना भाइरसको संक्रमणका कारण तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ की ९२ वर्षीय कोरोना संक्रमित महिलाको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार गण्डकीमा ११४ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४४३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार