निरन्तर उकालो लागिरहेको कोरोना संक्रमणको दर शनिबार पनि जारी रह्यो । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पनि थप १०,२५४ जनामा यस भाइरसको संक्रमण पुष्टिभयो ।
पछिल्लो केही दिन देखी यसको संक्रमण परिक्षण गरिएका नमुनाको झण्डै ५० प्रतिशत हाराहारीमा पोजेटिभ देखिने गरेको छ । शनिबार २०,१८७ नमुना परिक्षण गरिएकामा १०,२५४ जनामा यसको नतिजा पोजेटिभ देखिएको छ ।
ति मध्ये ८,२१२ आरटि पिसिआर र २,०४२ एन्टिजेन परिक्षण मार्फत पुष्टि भएका हुन् । यससंगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ७२,८६२ पुगेको छ । शनिबार उपचारमा रहेका १६ जना संक्रमितहरुले ज्यान गुमाएका छन् भने ७०८ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ११,६५१ पुगेको छ । यो कुल संक्रमणको १.४ प्रतिशत हुन आउँछ । ४,०३,८८,८४० मात्रा खोप प्राप्त भएकामा हालसम्म २,९१,४३,८१६ मात्रा खोप लगाईएको सरकारले जनाएको छ ।
यि मध्ये १,२८,७०,८६७ जनाले पुर्ण मात्रा खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार