धादिङको रुबी भ्यालीमा आज बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटर सहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा सुख्खा पहिरो जाँदा एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय पुरिएको धादिङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहका अनुसार पहिरोमा पुरिनेमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । चालक र सहचालक काभ्रेका स्थायी बासिन्दा भएको जानकारी आएपनि पूरा ठेगाना नखुलेको एसपी सिंहले बताए । उद्धारका लागि सेरचुङबाट प्रहरीको टोली गएको छ ।
अहिले हेलिकप्टरबाट सशस्त्र प्रहरीको टोली उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको छ माथिबाट ठूलो सुख्खा पहिरो गएको छ भन्ने जानकारी प्राप्त भएको उनले बताए ।




