स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विवरण अनुसार ७ हजार ६०८ नमुना परिक्षणमा २२० नमुनाको नतिजा पोजेटिभ पाईएको हो ।
ति मध्ये २०९ पिसिआर र ११ नमुना एन्टिजेन मार्फत पुष्टि भएका हुन् । यसअवधिमा २५३ जना संक्रमण मुक्त भएका छन् । २ जना संक्रमितको भने उपचारका क्रममा मृत्यु भएको छ । हाल देशभरमा अस्पताल तथा उपचार केन्द्रमा ४ हजार ८६४ जना सक्रिय संक्रमितहरुले उपचार गराईरहेका छन् ।
सरकारी अधिकारीहरुका अनुसार कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । हालसम्म १ करोड बढिले खोपको पुरा मात्रा लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार