बाग्लुङका एक जना युट्युवर काठमाण्डौबाट पक्राउ परेका छन् । साथीभाई अनलाईन टिभी नामक युट्युव च्यानलका संचालक बाग्लुङ्को निसी खोला गाउँपालिका वडा नं.१ पाखापानीका ३१ वर्षीय राम बहादुर मल्ल काठमाण्डौमा पक्राउ परेका हुन् ।
उनले सो च्यानलमा अश्लिल शिर्षकहरु राखी भिडियोहरु अपलोड गर्ने र समाजमा अश्लिलता फैलाएको भन्दै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको साईबर ब्युरोले जनाएको छ । उनलाई विद्युतिय कारोवार ऐन २०६३ को कसुरमा पक्राउ गरि अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।





