नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियताका मुद्धामा दलहरु एक हुनुपर्ने बताएका छन् । तर, राष्ट्रियताका नाममा दासत्व स्विकार्य नहुने उने स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेसनमा शुभकामना दिदैँ समाजिक असमानता र अन्यायको अन्त्यका लागि दलहरु केन्द्रित हुनुपर्ने उनले बताए ।
दल जनताको विश्वास जितेर अगाडी बढ्नु पर्ने उनले बताए । विगतमा दल तथा नेताहरुको काममा भएका कमजोरीहरुको पहिचान गरि समाधानको बाटो रोज्नु पर्ने उनले बताए । दलका नेताहरुको बिचमा राष्ट्रिय मुद्धाका सवालमा वृहत छलफल आवश्यक रहेको बताए ।
जसका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीलाएै उनले आह्वान समेत गरे । नेपालको विकासका लागि प्रर्याप्त मात्रामा स्रोत र साधन रहेको उल्लेख गर्दै उनले निरास हुनुपर्ने अवस्था नरहेको बताए । अहिलेपनि राजनीतिक दल तथा नेताहरु प्रति भ्रष्टाचारका कारण जनतामा वितृष्णा रहेको अध्यक्ष नेपालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार