प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलिय बैठक विना निष्कर्ष सकिएको छ । संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा व्यापक छलफल भएको भनिएपनि ठोष निष्कर्ष ननिस्कएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनारी दिए ।
प्रवक्ता कार्कीका अनुसार सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ । सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताए । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखे ।
जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा.बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार