कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १ जनाको मृत्यु भएको हो । यस अवधिमा बाग्लुङ्का २५ सहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कास्कीका ६ जना, स्याङ्जाका ४ जना, तनहुँका ३ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




