गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणमा ११ जना महिला र १५ जना पुरुष गरि २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका मात्रै २१ जना रहेका छन् । म्याग्दी र नवलरपुरका १–१ र स्याङ्जाका २ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैविच कोरोना भाइरसको संक्रमणका कारण कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ८ का ६१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार