गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले परिणाम निस्कने गरि काम निर्देशन दिएका छन् । मन्त्रालय मातहतका विषयगत कार्यालयहरुको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै उनले प्रतिवेदन भन्दा पनि परिणाममुखी काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्री आचार्यले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने अभियानलाई तिव्रताका संचालन गर्न समेत अनुरोध गरे । विद्युतको पहुँच नपुगेका स्थानहरुमा सोलार बत्तिको विकल्पबारे ठोष कार्ययोजना बनाएर काम गर्न उनले निर्देशन दिए ।
उनले गण्डकी प्रदेशमा एक घर एक धाराको योजना अनुसार काम भैरहेकाले अधिकांस स्थानमा यो कार्यान्वयन भैसकेको बताए । बाँकी स्थानहरुमा पनि खोनपनीको पहुँच विस्तार गर्ने र आम नागरिकहरुलाई आधारभुत खानेपानी उपलब्ध गराउने कार्यमा सरकार गम्भिर भएकार लागेको मन्त्री आचार्यले बताए ।
प्रदेशको कृषी प्रणालीलाई थप प्रविधिमैत्री बनाउदै खेतियोग्य भुमिहरुमा उपयुक्त सिंचाईको व्यवस्था गरिने उनले बताए । गण्डकी प्रदेश भौगोलिक विविधताका हिषावले कठिन भएपनि सरकार खेतियोग्य भुमिहरुको सिंचाईका लागि त्यसको व्यवस्थापनमा जिम्मेवार रहेको बताए ।
गण्डकी प्रदेश निति योजना आयोगका सदस्य सुबास अधिकारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रतिनिधि यम प्रसाद सुबेदी, प्रदेश लेखा नियन्त्रक कार्यालय प्रतिनिधि अशोक कुमार मल्ल, अर्थ मन्त्रालयका प्रतिनिधि अमर नेपाली, मन्त्रालयका सबै महाशाखा प्रमुख, जिल्लामा रहेका खानेपानी र सिंचाइ डिभिजन तथा सब डिभिजन कार्यालयका प्रमुखहरुको सहभागीतामा सम्पन्न गोष्ठिमा जिल्लाका प्रमुखहरुले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार